भरतपुरको रिस काँग्रेसले ५ वर्षपछि ओखलढुंगामा फेर्यो

भरतपुरको रिस काँग्रेसले ५ वर्षपछि ओखलढुंगामा फेर्यो

नेपाली काँग्रेसका एक जना नेताले माओवादीले पाँच वर्षअघि भरतपुर नगरपालिकामा देखाएको प्रवृत्ति यस पटक ओखलढुंगामा देखाएका छन् ।

उनले पनि भरतपुरमा जस्तै माओवादीलाई देखाउँदै मतपत्र च्यातिदिएका हुन् । चिशंखुगढी गाउँपालिकामा भइरहेको मतगणनाको क्रममा नेपाली काँग्रेसका स्थानीय नेताले उक्त हर्कत गरेपछि समातिएका छन् ।

वडा नम्बर ३ को गणना क्रममा माओवादी उम्मेदवारसँग मत बराबर भएपछि काँग्रेस जिल्ला सचिव राजकुमार ढुंगानाले एउटा मतपत्र च्यातेका हुन् । त्यसपछि भएको विवादले मतगणनास्थलमा कोलाहल मच्चिएको बताइन्छ ।

टिप्पणीहरू