एमाले अध्यक्ष ओली मदन भण्डारीसँग सम्बन्धित कार्यक्रममा जानु भएन

एमाले अध्यक्ष ओली मदन भण्डारीसँग सम्बन्धित कार्यक्रममा जानु भएन

एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीले आयोजना गरेको मदन भण्डारी र जीवराज आश्रितको २९ औं स्मृति दिवस कार्यक्रममा अनुपस्थित हुनुभएको छ ।

हिजो साँझसम्म उहाँको प्रमुख आतिथ्यमा आज बिहान बल्खुस्थ्ति एमालेको पुरानो पार्टी कार्यालयमा कार्यक्रम हुने भनिएको थियो । तर आज बिहान उहाँ विभिन्न समस्याका कारण अनुपस्थित हुनुभएको जानकारी गराउँदै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा सचिव उपमहासचिव प्रदिप ज्ञवालीले स्थानीय तहको निर्वाचनमा पार्टीले पराजय भोग्नुपरेको अवस्थाबारे पार्टीभित्र छलफल गरिने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘पार्टीभित्र के समस्या हो र कस्तो खालको समस्या हो भन्नेबारे छलफल गर्नेछौं ।’

महासचिव शंखर पोखरेलले चुनावमा धाँधली भएको बताउँदै आगामी निर्वाचनमा पहिलो पार्टी एमाले बन्ने ठोकुवा गर्नुभएको छ।

त्यस्तै ईश्वर पोखरेलले गठबन्धनले मुलुकको राजनीतिलाई प्रतिगमनतिर लैजान खोजेको आरोप लगाउनुभएको छ ।

टिप्पणीहरू