जाजरकोटमा एमाले पराजित

जाजरकोटमा एमाले पराजित

जाजरकोटको नलगाड नगरपालिकाको मेयर पद माओवादी केन्द्रले जितेको छ । मेयरमा माओवादीका डम्बरबहादुर रावत विजयी भएका हुन् ।

रावतले प्रतिस्पर्धी एमालेका धर्मबहादुर शाहीको भन्दा एक हजार ९७३ मतान्तरले निर्वाचित भएका हुन् ।

रावतले पाँच हजार ५९९ मत पाउँदा एमालेका शाहीले तीन ६२६ मत पाएका हुन् ।

नगरपालिकाको उपमेयरमा भने नेपाली काँग्रेसकी सुरिता सिंहले जितेकी छन् । उनी पाँच हजार ४०६ मत ल्याएर निर्वाचित भएकी हुन् ।

उनकी निकटतम प्रतिस्पर्धी एमालेकी सुनिता बोहरा तीन हजार ३९३ मत पाएर पराजित भएकी छन् ।

उक्त नगरमा सत्ता गठबन्धनको निर्णयअनुसार नै माओवादी केन्द्र र नेपाली काँग्रेसबीच चुनावी तालमेल भएको थियो ।

टिप्पणीहरू