१५९ लाई १९५ बनाइएको भन्दै हुलदंगा, मत गणना रोकियो

१५९ लाई १९५ बनाइएको भन्दै हुलदंगा, मत गणना रोकियो

मत गणनाको क्रममा निर्वाचन कार्यालयका कर्मचारीले वास्तविक मतभन्दा एमालेको धेरै मत टिपोट गरेको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताहरूले बाहिर नाराबाजी गर्दै अवरोध गरेपछि भोट गन्न रोकिएको हो ।

मणिग्रामस्थित राममणि क्याम्पसमा वडा नम्बर १६ र २ को मतगणना भइरहेको थियो । मतगणना टिपोट गर्ने क्रममा निर्वाचन कार्यालयका कर्मचारीले १५९ मतलाई १९५ बनाइएको भन्दै नाराबाजी हुन् थालेपछि मत गणनास्थल तनावग्रस्त बनेको छ ।

निर्वाचन अधिकृत माधवप्रसाद लोहनीले टाइप गर्ने क्रममा त्रुटी भएको भन्दै सच्याईएको बताए । ‘मतगणना गर्दा धर्का तानेर अंक जोड्दा ५ र ९ अगाडि-पछाडि भएको हो, मत परिणाम सार्वजनिक गरिएको थिएन, कम्प्युटरमा पनि अपडेट गरिएको थिएन,´ उनले भने ।

निर्वाचन अधिकृत लोहनीले मत परिणाम सच्चाइएको बताए पनि मत गणनास्थलमा अहिले पनि कांग्रेसका कार्यकर्ताहरूले नाराबाजी गरिरहेका छन् । उनीहरूले मत गणनामा संलग्न कर्मचारीहरू हटाउन माग गरेका छन् ।

टिप्पणीहरू