गजुरीको वडामा पनि जोगिएन एमालेको विरासत,गठबन्धनका उम्मेदवार विजयी
धादिङको गजुरी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा माओवादी केन्द्रका गणेशलाल श्रेष्ठले जित्दा उपाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसकी शर्मिला बिसुराल विजयी बनेकी छन् ।
श्रेष्ठले ६ हजार ३ सय ८ ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनको प्रतिद्वन्दी नेकपा एमालेका निवर्तमान गाउँपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले ४ हजार ५१ मत ल्याए । ०७४ सालमा पनि यी दुईबीच प्रतिस्पर्धा रहेको थियो । २०७४ को निर्वाचनमा बस्नेतले ४ हजार ३ सय ३६ मत ल्याउँदा श्रेष्ठले ४ हजार ६ मत ल्याएका हुन् । त्यो बेलाको हारको बदला यो पटक गठबन्धनको सहयोग लिएर श्रेष्ठले चुक्ता गरेका छन् ।
उपाध्यक्षमा विजयी बिसुरालले ५ हजार ६ सय ९९ मत ल्याएकी छन् भने उनको प्रतिद्वन्दी एमाले उम्मेदवारले ३ हजार ५ सय ९२ मत ल्याएकी छन् । बिसुराल पनि ०७४ मा उपाध्यक्षमा एमालेसँग पराजित बनेकी थिइन् । यो पटक गठबन्धनको सहयोगमा उनले पनि एमालेलाई बदला चुक्ता गरिन् ।
माओवादी केन्द्रले अध्यक्षसहित ५ वटा वडा र कांग्रेसले उपाध्यक्ष सहित ३ वटा वडामा जित हासिल गर्दा गठबन्धनमा रहेको एकीकृत समाजवादी र एक्लै प्रतिपर्धामा रहेको एमालेले वडासमेत जित्न सकेनन् ।
गजुरीमा विजयी भएका वडा अध्यक्षहरु :
१, तारा भण्डारी (नेकपा माओवादी केन्द्र), गजुरी
२, द्रोण कँडेल (नेपाली काँग्रेस) गजुरी
३, ऋषिलाल श्रेष्ठ (नेपाली काँग्रेस) गजुरी
४, सुरेन्द्र चेपाङ (नेपाली काँग्रेस) गजुरी
५, गोविन्द लामिछाने (नेकपा माओवादी केन्द्र) गजुरी
६, भक्तब तामाङ, (नेकपा माओवादी केन्द्र) गजुरी
७, बद्री जम्कट्टेल, (नेकपा माओवादी केन्द्र) गजुरी
८, देवराज ओझा, (नेकपा माओवादी केन्द्र) हुन् ।
टिप्पणीहरू