उपराष्ट्रपति पुन नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा

उपराष्ट्रपति पुन नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा

काठमाडौैंस्थित नर्वेजियन दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उपराष्ट्रपति नन्दबहादुर पुन होटल एभरेष्ट पुग्नुभएको छ । उहाँ नर्वेको संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बन्नुभएको हो ।

कार्यक्रममा नेपालका लागि नर्वेका राजदूत तोरन ड्रमडललगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षकहरु, काठमाडौंस्थित विदेशी दूतावासका कुटनीतिज्ञहरु, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको पनि सहभागिता रहेको छ ।

टिप्पणीहरू