अन्यत्र मतगणना, मधेशमा मतदान

अन्यत्र मतगणना, मधेशमा मतदान

मधेश प्रदेशको रौतहट र बाराका विभिन्न मतदान केन्द्रमा आज बिहानदेखि मतदान भइरहेको छ ।

गत शुक्रबारको स्थानीय तहको निर्वाचनको क्रममा झडप भएपछि रद्ध भएको विभिन्न मतदान केन्द्रको निर्वाचनमा आज पुनः मतदान गरिएको हो ।

रौतहटको गरुडा नगरपालिका वडा नम्बर ७, बौधीमाई नगरपालिकाको वडा नम्बर १, २ र ९, गढीमाई नगरपालिकाको वडा नम्बर ३ र ६ मा मतदान भइरहेको छ ।

यमुनामाई गाउँपालिकाको वडा नम्बर १ र २, देवानी गोनाही नगरपालिकाको वडा नम्बर २ तथा फतुवा विजयपुर नगरपालिकाको वडा नम्बर ७ मा मतदान जारी रहेको जिल्ला निर्वाचन कार्यालय, रौतहटले जनाएको छ ।

यसैगरी, बाराको पचरौता नगरपालिका वडा नम्बर २ र ४ मा पनि मतदान जारी छ । मतदानको दिन सो स्थानमा मतपेटिका लुटपाट, तोडफोड र झगडा भएकाले मतदान स्थगित गर्नुपरेको थियो ।

टिप्पणीहरू