काठमाडौं महानगरमा बालेन र सुनिता सबैभन्दा माथि

काठमाडौं महानगरमा बालेन र सुनिता सबैभन्दा माथि

काठमाडौं महानगरको जारी मतगणनामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाह र उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोल अग्र स्थानमा रहिरहेका छन् ।

शनिबार बिहान मतगणना भएदेखि अग्रता लिएका दुवै जनाले अहिलेसम्म दोस्रो स्थानमा पुग्नु परेको छैन । आज साँझ ८ बजेसम्म गणना भएको ४८ हजार २१३ मतमध्ये बालेन साहले १८ हजार ३८७ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी केशव स्थापितले नौ हजार पाँच सय ५२ र नेपाली काँग्रेसकी सिर्जना श्रेष्ठले आठ हजार छ सय ९८ मत प्राप्त गरेकी छन् ।

राप्रपाका मदनदास श्रेष्ठले एक हजार नौ सय ५० मत पाएका छन् ।

उपमेयरमा एमालेकी सुनिता डंगोलले १८ हजार ४१ मत, नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले पाँच हजार आठ सय र राप्रपाका उम्मेदवारले चार हजार एक सय ११ मत पाएकी छन् ।

टिप्पणीहरू