किन बढी बोल्नु हुनेवाला राजदूतले ?
मित्रराष्ट्र चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठले चीनलाई दक्षिण एसियाली सहयोग संगठन सार्कको पूर्ण सदस्यता दिलाउन आवाज उठाइने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले संघीय संसदको संसदीय सुनुवाई समिति बैठकमा सांसदहरुको जिज्ञासाको जवाफ दिने क्रममा हिजो उक्त कुरा बताउनुभएको हो ।
तर,पछिल्लो आठ वर्षदेखि सार्क निस्प्रभावी बनेको छ । सन् २०१४ मा काठमाडौंमा सम्पन्न सम्मेलनपछि अहिलेसम्म अर्को सम्मेलन हुन सकेको छैन । काठमाडौंपछि सार्क सम्मेलन गर्ने पालो पाकिस्तानको हो । तर भारतीय अनिच्छाका कारण सम्मेलन हुन सकेको छैन ।
सार्क संगठनको सबैभन्दा ठूलो र महत्वपूर्ण अंग भनेकै सदस्य राष्ट्रहरुको राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरु सहभागी हुने सम्मेलन र त्यसका निर्णय हुन् । उक्त सम्मेलनमा सदस्य राष्ट्रहरुबीचको द्विपक्षीय विषयमाथि छलफल गर्न नपाइने संगठनको वडापत्रमा उल्लेख छ ।
यसअघि ढाकामा सन् २००५ मा भएको १३ औं सम्मेलनमा नेपालको तर्फबाट तत्कालीन राजा ज्ञानेन्द्रले भाग लिएका थिए । उनले उक्त सम्मेलनमा चीनलाई पर्यवेक्षक राष्ट्रको पहिलो प्रस्ताव गर्दा भारत उक्त प्रस्तावप्रति अनिच्छुक देखिएकाले लगत्तै सार्कको उपस्थितिलाई गौण बनाउँदै पाकिस्तान र अफगानिस्तान सदस्य नरहेको बिमस्टेकलाई अघि बढाइरहेको छ ।
उक्त सन्दर्भलाई बिर्सेर प्रस्तावित राजदूतले जनाएको प्रतिबद्धताप्रति कूटनीतिक क्षेत्रमा सबैले आश्चर्य मानेका छन्
टिप्पणीहरू