गोकुल बाँस्कोटाको आँगनमा माधव नेपालका मेयर निर्वाचित

गोकुल बाँस्कोटाको आँगनमा माधव नेपालका मेयर निर्वाचित

एमाले नेता तथा अध्यक्ष केपी शर्मा ओलीका अति विश्वासपात्र गोकुल बाँस्कोटाको गृहपालिकामा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले मेयर जितेका छन् ।

काभ्रेपलाञ्चोक जिल्लाका अधिकांश पालिकामा एमालेले पराजय भोग्ने क्रममा बाँस्कोटाको गृहनगर मण्डन देउपुर नगरपालिका पनि गुमेको हो । उक्त नगरमा एकीकृत समाजवादीका टोकबहादुर वाइवा निर्वाचित भएका छन् ।

उनले एमालेका विदुरप्रसाद सापकोटालाई पराजित गरेका हुन् । वाइवाले आठ हजार ५८ मत ल्याउँदा सापकोटाको छ हजार ८६२ आएको छ ।

कूल मतदाता २८ हजार ५३१ रहेको उक्त नगरपालिकामा पुरुष मतदाता १४ हजार ६४५ र महिला १३ हजार ८८६ जना छन् ।

टिप्पणीहरू