प्रधानमन्त्री निवास अघिल्तिर एमालेका पाँचै जना निर्वाचित
काठमाडौं महानगरपालिकाको ४ नम्बर वडामा एमालेका उम्मेदवारहरु विजयी भएका छन् । वडाध्यक्षमा दिनेश महर्जनले नेपाली काँग्रेसका रामप्रसाद न्यौपानेलाई पराजित गरेका हुन् ।
सदस्यहरुमा सन्ध्या खनाल,सरु अधिकारी,नवीन मैनाली र कल्पना बयलकोटी आएका छन् ।
यसैबीच अहिले भर्खर प्राप्त पछिल्लो परिणामअनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले २१ हजार ६२०,एमालेका केशव स्थापितले ११ हजार ५३० र काँग्रेसकी सिर्जना शसिंहले १० हजार ४८७ मत प्राप्त गरेका छन् ।
उपमेयरमा एमालेकी सुनिता डंगोलले २१ हजार ५१९, नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले छ हजार ८३२ र राप्रपाकी उम्मेदवारले चार हजार ८४४ मत पाएकी छन् ।
टिप्पणीहरू