स्थानीय प्रतिनिधिको पाँच वर्षे कार्यकाल सकियो तर सकिएन मतगणना

स्थानीय प्रतिनिधिको पाँच वर्षे कार्यकाल सकियो तर सकिएन मतगणना

२०७४ सालमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल आजबाट सकिँदैछ ।

निर्वाचन सम्पन्न भएमध्ये हालसम्म पाँचसय ५७ पालिकाको मतपरिणाम सार्वजनिक भइसकेको छ । अझै एक सय १९६ पालिकाको मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।

जसका कारण स्थानीय तहको कामकाजमा अवरोध हुने देखिएको छ । महानगरपालिका र उप–महानगरपालिकाको मतगणना निकै सुस्त गतिमा भइरहेको छ ।

निर्वाचन आयोगले छिटो नयाँ निर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हाल्ने वातावरण बनाउन निर्देशन दिएपनि सो प्रभावकारी बन्न सकेको छैन ।

मतगणना सुस्त भएको महानगर र उपमहानगरमा पनि सकेसम्म बढी मतगणना टोलीको व्यवस्था गर्न आयोगले भनेको छ ।

तर,अझै पनि मतगणना कछुवा गतिमै भइरहेको छ । जसले गर्दा मतगणना नसकिएका पालिका भने जनप्रतिनिधिविहीन हुने भएका छन् ।

टिप्पणीहरू