सरकार निकट विद्यार्थी संगठनले गरे सरकारी कार्यालय घेराउ

सरकार निकट विद्यार्थी संगठनले गरे सरकारी कार्यालय घेराउ

सरकारमा रहेका ठूला राजनीतिक दलका विद्यार्थी संगठनहरूले आयल निगम घेराउ गरेका छन् ।

पेट्रोलियम पदार्थमा एक हप्तामा दुई÷दुई पटक गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै १५ विद्यार्थी संगठनले निगमको कार्यालय पुगेर घेराउ गरेका हुन् ।

निगमको कार्यालय पुगेका नेविसंघ, अनेरास्ववियु क्रान्तिकारीलगायत सत्तारुढ दल आवद्ध विद्यार्थीहरूले मूल्यवृद्धि खारेज गर्नुपर्ने र निगम निर्देशकले राजीनामा दिनुपर्ने आवाज उठाएका छन् ।

पटक पटकको चर्को मूल्यवृद्धिले सबै क्षेत्रमा पारेको असरप्रति आक्रोश व्यक्त गर्दै संयुक्त विद्यार्थी संगठनले चक्काजामदेखि सिठ्ठी जुलुससम्मका आन्दोलनको घोषणा गरेका छन् । आजबाट घोषित आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनहरुले मूल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारि राख्ने बताएका छन् ।

निगमले भने संस्था घाटामा गएको कारण देखाउँदै सर्वसाधारणको ढाड सकिनेगरि मूल्य बढाउँदै आइरहेको छ ।

टिप्पणीहरू