स्वास्थ्य समस्या भन्दै बसेर भाषण गर्नुभएका ओली ३ घण्टा रोष्ट्रममा
संसदमा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली तीन घण्टा सम्बोधन गर्नुभएकाे छ ।
उहाँले सम्बोधनको शुरुमै स्वास्थ्यको कारण देखाएर बसेर सम्बोधन गर्न सभामुखसँग अनुमति माग्नुभएको हो । सभामुखले ‘हुन्छ’ भनेपछि उहाँले तीन घण्टा बाेल्नुभएकाे हाे ।
तर कमजोर स्वास्थ्यसँग जोडेर हेर्दा तीन घण्टाको अवधि मेल नखाने सबैको बुझाई छ । सामान्यतयाः प्रधानमन्त्री र संसदमा प्रमुख प्रतिपक्ष दलका नेतालाई सम्बोधनको निम्ति समयको पावन्दी लगाईंदैन । तर ती सबै ‘सेल्फ डिसिप्लिन’ मा भर पर्ने कुरा हुन् ।
शुरुदेखि एमाले बाहेकका राजनीतिक दल र तिनका नेताहरुमाथि खनिनुभएको उहाँले सकारात्मकभन्दा नकारात्मक कुरालाई उचाल्नुभएको पाइएको छ । भाषागत रुपमा उहाँ आज पनि कडा शब्द चयनमा नै मस्त देखिनुभएको हो ।
आज साढे दुई घण्टादेखि सम्बोधन गरेर आफ्ना धारणा राख्नुभएको संसदको रोष्ट्रम त्यही हो, जुन दुई दुई पटक विघटनको लागि पहल गर्नुभएको थियो । त्यतिबेला संसदलाई आफू अनुकूल नदेख्नुभएका उहाँले अहिले आफ्ना कुरा राख्ने सबैभन्दा उपयुक्त ठाउँको रुपमा हेर्नुभएको तीन घण्टाभन्दा बढीको समयले पुष्टि गरेको बताइन्छ ।
टिप्पणीहरू