ओलीको बोली राखियो, बडूको मेटियो
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले संसदमा बोलेका असंसदीय शब्द हटाउन सभामुख अग्नि सापकोटाले निर्देशन दिनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो नेपाल आयल निगम खारेज गर्न आधा कमिशन खाइसकेको र आधा कमिशन खान बाँकी रहेको आरोप लगाउनुभएको थियो ।
ओलीको उक्त अभिव्यक्तिको जवाफमा मन्त्री बडुले ओलीको अभिव्यक्ति निराधार, झुठो र जनतालाई गलत सूचना सम्प्रेषण गर्न खोजेको स्तरहीन अभिव्यक्ति पुष्टि गर्न चुनौती दिनुभएको थियो । मन्त्री बडूको उक्त चुनौतीपछि एमाले सांसदहरुले उक्त शब्दको बिरोध गर्दै बैठक नै प्रभावित बनाएपछि १५ मिनेटको निम्ति बैठक स्थगित गरिएको थियो ।
त्यसपछि सभामुखले बैठक सुचारु गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको हो । बैठकमा मन्त्री बडूको उक्त अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएपछि बैठक सुचारु भएको छ ।
टिप्पणीहरू