फोहोर टिप्न गएको सुरक्षा फौजले मानव कंकाल भेट्टायो

फोहोर टिप्न गएको सुरक्षा फौजले मानव कंकाल भेट्टायो

कन्चनजंघा हिमालको आधार शिविरमा मानव कंकाल फेला परेको छ । हिमाल सफा गर्न गएको सैन्य टोलीले पहिचान नखुलेका दुई वटा अस्थिपन्जर फेला पारेको हो ।

सेनाले फेला पारेको उक्त मानव कंकाल फक्तालुङ गाउँपालिकाको समन्वयमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्ग पठाईएको छ । गाउँपालिकाले अध्यक्ष राजन लिम्बु, नेपाली सेना र नेपाल प्रहरीका प्रतिनिधिसहितको उपस्थितिमा सो कंकाल जिल्ला प्रहरी कार्यालयमा पठाएको हो ।सेनाले हिमालबाट उठाएर ल्याएको १५ हजार ३७३ किलो फोहोर पनि गाउँपालिकालाई नै जिम्मा लगाएको छ । सेनाले जिम्मा लगाएको तीन हजार १७ किलो कुहिने फोहोर गाउँपालिकामै नष्ट गर्ने र नकुहिने १२ हजार ३६५ किलो फोहोर व्यवस्थापनका लागि काठमाडौँस्थित अभ्नी भेन्चर प्रालिलाई पठाउने गाउँपालिकाको निर्णय छ ।

सरकारको राष्ट्रिय अभियानअन्तर्गत नेपाली सेनाको अगुवाइमा सन्चालित ‘सफा हिमाल अभियान-२०७९’ अन्तर्गत कन्चनजंघा हिमालको आधार तथा माथिल्लो शिविरबाट उक्त परिमाणमा फोहोर संकलन गरिएको जनाइएको छ ।

टिप्पणीहरू