लिङ्ग्देन हर्क साम्पाङ्गको घर पुगे
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले धरानका नवनिर्वाचित मेयर हर्क साम्पाङलाई भेटेर बधाई तथा शुभकामना दिनुभएको छ । अध्यक्ष लिङ्देनले धरानस्थित मेयर साम्पाङको घरमै पुगेर बधाई दिनुभएको हो ।
पार्टी प्रवेश तथा भेटघाट कार्यक्रमका लागि लिङ्देन शनिबार विराटनगर र धरान पुग्नुभएको थियो । लिङ्देन धरानको कार्यक्रममा पुगेका बेला स्वतन्त्र उम्मेदवारी दिएर भर्खरै मेयरमा निर्वाचित सम्पाङलाई भेट्न तथा बधाई दिन निवासमै पुग्नुभएको राप्रपा झापाका अध्यक्ष केशव ओझाले बताउनुभयो ।
टिप्पणीहरू