बाँझो खेतमा पुरुषको शव, निधारमा गहिरो चोटको डोबैडोब

बाँझो खेतमा पुरुषको शव, निधारमा गहिरो चोटको डोबैडोब

मोरङको कटहरीमा शंकास्पद अवस्थामा पुरुषको शव फेला परेको छ । कटहरी गाउँपालिका–१, महेशपुरमा आज बिहान सबेरै शव फेला परेको हो ।

शव कटहरी–२, आदर्श टोलका ५० वर्षीय तुलसी श्रेष्ठको रहेको बताइएको छ । शवमा चोट पटक भएका कारण हत्या गरेर फ्यालेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

सडक छेउको बाँझो खेतमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवको निधारमा चोट रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए ।

उनकाअनुसार प्रहरीले घटनास्थलमा तालिमप्राप्त कुकुरसमेत परिचालन गरी थप अनुसन्धान गरिरहेको बताए ।

टिप्पणीहरू