२ बजे क्याबिनेट,४ बजे बजेट

२ बजे क्याबिनेट,४ बजे बजेट

आज दिउँसो २ बजे क्याबिनेट बैठक बोलाइएको छ । दिउँसो ४ बजे संसदमा अर्थमन्त्रीले प्रस्तुत गर्नुहुने आर्थिक वर्ष २०७९/८० को बजेट भाषणलाई अन्तिम रुप दिन क्याबिनेट बैठक डाकिएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले संविधानको धारा ११९ बमोजिम आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्न लाग्नुभएको हो । उता सभामुख अग्निप्रसाद सापकोटाले बजेट प्रस्तुत हुने बैठकमा सबै सांसदहरुलाई पौने ४ बजे अगाडि नै उपस्थित हुन निर्देशन दिनुभएको छ ।

टिप्पणीहरू