महिलाको सहयोगमा युवतीलाई एक हप्तासम्म करणी: पहिले होटलमा, पछि डेरामा
वीरगञ्जमा मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको आरोपमा तीन जना समातिएका छन् । तीमध्ये एक जना महिला पनि हुन् ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–८ स्थित एउटा रेष्टुरेण्टमा काम गर्ने २५ वर्षीय सुरजकुमार साह र ३५ वर्षीय हरिश्चन्द्रनाथ योगी हुन् । वीरगञ्ज महानगरपालिका–१६ स्थित कार्की होटलकी सञ्चालिका ४२ वर्षीया लक्ष्मी बुढाथोकी कार्कीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार साहले गत सोमबार काठमाडौंकी २५ वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभनमा वीरगञ्ज लगेका थिए । बसपार्कस्थित एउट होटलमा पुर्याएपछि ती युवतीलाई उनले धेरै पटक जबरजस्ती करणी गरे । त्यसपछि युवतीलाई कार्की होटलकी सञ्चालिका लक्ष्मीको जिम्मा लगाएर भागे ।
बुढाथोकीले पनि अब यसले ‘विवाह गर्छ‘ भनेर झुठोे आश्वासनमा हरिश्चन्द्रनाथ योगीको साथमा युवतीलाई पठाइन् । त्यसपछि योगीले पनि पीडितलाई आफ्नो कोठामा लगेर मानसिक र शारीरिक यातना दिई पटकपटक जबरजस्ती करणी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
उक्त घटनाको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उनीहरुलाई वीरगञ्जबाट नियन्त्रणमा लिएको हो । अहिले उनीहरुमाथि आवश्यक अनुसन्धान थालिएको बताइएको छ ।
टिप्पणीहरू