विमानस्थलमा ट्याङ्कर पल्टेपछि पोखराबाट उडान र अवतरण बन्द
पोखरा विमानस्थलमा जहाजमा तेल हाल्ने ‘रिफ्युलर’ ट्याङ्कर पल्टिएको कारण त्यहाँबाट हुने सबै उडान रोकिएको छ । विमानस्थलका प्रवक्ता देवराज सुवेदीका अनुसार आज बिहान विमानमा तेल हाल्न जाने क्रममा ट्याङ्कर पल्टिएपछि सबै उडान रोकिएको हो ।
आयल निगमको डिपोबाट तेल हाल्न जाने क्रममा विमानस्थलमा पल्टेको ट्याङ्कलाई क्रेनको सहायताले उठाउने काम भइरहेको छ ।
ट्याङ्कर उठाएर विमानस्थलमा पोखिएको तेल सफा गरेपछि मात्र उडान सञ्चालन हुने बताइएको छ । विमानस्थलमा एक ट्याङ्कर तेल पोखिएपछि आगलागीको सम्भावना बढेको हो ।
अहिले तेल पखाल्ने कार्य भइरहेको छ ।
टिप्पणीहरू