छलफल बजेटको, कुरो हवाई सुरक्षाको
राष्ट्रिय सभाको आजको बैठकमा संसदहरुले हवाई सुरक्षाको विषयमा कुरा उठाएका छन् । मुलुकमा हवाई दुर्घटनाको विषयले चर्चा पाइरहेको बेला बजेटसम्बन्धी छलफलका लागि बसेको संसद बैठकमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
नेकपा एकीकृत समाजवादीकी सांसद मदनकुमारी शाहले नेपालमा ४० वर्षभन्दा पुराना जहाज उडाइएकाले हवाई सुरक्षामा चुनौती थपिएको धारणा राख्नुभएको छ । उहाँले हवाई यातायातलाई गुणस्तरीय र विश्वसनीय बनाउन त्यसतर्फ सरकारको ध्यान जान जरुरी भएको बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका सांसदहरुले पनि आकाशमार्ग असुरक्षित बन्न पुगेको भन्दै सम्बन्धित निकायले गम्भीरताका साथ सोच्नु पर्ने बताएका थिए ।
टिप्पणीहरू