अब राजधानीका सडकमा भौतिक पूर्वाधार एम्बुलेन्स गुड्ने

अब राजधानीका सडकमा भौतिक पूर्वाधार एम्बुलेन्स गुड्ने

राजधानी काठमाडौंका सडकमा अस्पताल र विभिन्न सामाजिक संघ संस्थाका बिरामी बोक्ने एम्बुलेन्स बाहेक अर्कै खालको एम्बुलेन्स पनि गुड्ने भएको छ ।

काठमाडौं नगर कार्यपालिकाको पहिलो बैठकमा मेयर बालेन साहले सडकमा परेको र पर्न लागेको खाल्डाखुल्डी पुर्न त्यस्तो एम्बुलेन्सको व्यवस्था गर्न लागेको जानकारी दिएका थिए ।

भौतिक पूर्वाधार एम्बुलेन्स भनिने त्यस्ता सवारी साधनले ढल निकासलाई नियमित गर्छ । ती एम्बुलेन्स ७ दिनभित्र प्रक्रिया पूरा गरेर किन्ने प्रस्तावलाई बैठकले अनुमोदन गरेको हो ।

टिप्पणीहरू