हेलिकप्टरमा एउटा इञ्जिन, दुई जना पाइलट
नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरमा समेत दुईजना पाइलट अनिवार्य गर्ने भएको छ । अबदेखि साना वा ठूला जस्तोसुकै हेलिकप्टरमा दुई जना पाइलट अनिवार्य गर्ने निर्णय भएको हो ।
हेलिकप्टर उडानको सुरक्षालाई ध्यान दिँदै साना हेलिकप्टर उडानमा पनि दुईजना पाइलट राख्ने भएको हो ।
साथै, प्राधिकरणले सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठ संयोजकत्वमा दुईजना पाइलट नभए पनि हुने भन्नेबारे अध्ययन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ ।
‘एक इञ्जिन भएका हेलिकप्टरको हकमा प्राधिकरणले तोकेबमोजिमको अवस्थामा बाहेक दुईजना विमान चालक अनिवार्यको प्रस्ताव तयार गरेर सात दिनभित्र पेश गर्नेगरी पाँच सदस्यीय प्राविधिक टोली गठन गरिएको छ’ प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
टिप्पणीहरू