तामाकोसी बगरमा सडेको अवस्थामा पुरुषको शव

तामाकोसी बगरमा सडेको अवस्थामा पुरुषको शव

दोलखाको तामाकोसी नदी किनारमा पुरुषको शव फेला परेको छ । तामाकोसी गाउँपालिका–५, किर्नेटारस्थित नदी बगरमा पुरुषको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका दोलखाका प्रहरी निरीक्षक सुशील केसीका अनुसार स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शवको अवस्था हेर्दा केही दिन अघि नै मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । शव पूरै सडेको अवस्थामा फेला परेकाले प्रहरीले सर्वसाधारणलाई कुनै व्यक्ति हराएको भए जानकारी दिन आग्रह गरेको छ ।

टिप्पणीहरू