अमेरिकाका अस्पताल र विद्यालयमा पालैपालो गोलीकाण्ड
अमेरिकाको ओक्लोहोमा अस्पतालमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ । धेरै जना घाइते भएका छन् । स्थानीय टल्सास्थित अस्पतालमा बन्दुकधारीले आक्रमण गर्दा चार जनाको मृत्यु भएको हो ।
पछि आक्रमणमा संलग्न बन्दुकधारी पनि मारिएका छन् । तर बन्दुकधारी कसरी मारिए भन्नेबारे प्रहरीले स्पष्ट पारेको छैन । घटना भएको नाताली मेडिकल भवन हाल बन्द गरिएको छ । केही दिनअघि टेक्सास राज्यको एउटा
अस्पतालमा बन्दुकधारीले गोली चलाउँदा धेरै जना विद्यार्थीको ज्यान गएको थियो ।
टिप्पणीहरू