वर्तमान सत्ता गठबन्धन ‘कम्फर्टेबल’ रहेको भारतीयहरुको भनाई
आज दिउँसो एकाएक मुलुकको आन्तरिक राजनीतिमा आएको उतारचढावबीच भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । राजदूत श्रीवास्तव प्रधानमन्त्रीसँग भेट गर्न दिउँसो साढे १ बजे प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो ।
वर्तमान गठबन्धन टुटाउन नहुने सन्देश दिन राजदूत बालुवाटार पुग्नुभएको स्रोतको दाबी छ । उता लैनचौरस्थित भारतीय दूतावास स्रोतले पनि वर्तमान गठबन्धन नटुट्ने विश्वास व्यक्त गरेको छ । स्रोतको भनाई छ, ‘नयाँ…