प्रधानमन्त्री चीन नपुग्दै विद्युत व्यापार सम्झौता अलपत्र,भारतलाई नचिढ्याउने रणनीति
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि चीनको समयअनुसार मध्यान्ह हाङ्चौ शहर पुग्दै हुनुहुन्छ । आठ दिन लामो चीन भ्रमण सोही शहरमा अपरान्ह राष्ट्रपति सि जिनपिङसँग शिष्टाचार भेट र राति १९ औं एसियाली खेलकुद उद्घाटन समारोहमा सहभागी भएर समापन हुँदै छ ।
राजधानी बेइजिङमा समकक्षी लि छियाङसँग पर्सि भेट गर्ने कार्यक्रम छ । सोही क्रममा द्विपक्षीय भेटवार्ता र कतिपय सम्झौता एवम् समझदारी हुने बताइएको छ । सम्झौता र समझदारीको निम्ति आवश्यक एजेण्डा फाइनल भइसकेको सरकारी अधिकारीहरुले बत…