नागार्जुनका मेयरलाई ८ वर्ष कैद सजाय
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाली काँग्रेसबाट निर्वाचित काठमाडौंको नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई कैद र जरिवाना तोकिएको छ ।
विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको संयुक्त इजलासले आज उनलाई घुस–रिसवत लिएकोसम्बन्धी कसुरमा आठ वर्ष कैद सजायको फैसला सुनाएको हो । बस्नेतले नगरपालिकाजस्तो सार्वजनिक ओहोदाको पदमा बसेर कसुर गरेको ठहर गर्दै थप तीन महिना कैद सजाय गर्ने निर्णय पनि गरेको छ ।
विशेष अदालतले उनलाई घुस …