सुन प्रकरण
सुनकाण्डमा चासो राख्ने को हुन् ती भिआइपी ?
– विश्वमणि सुवेदी अरुसँग भन्न मिल्दैन, सुन्नु र मान्नुपर्नेलाई मतलब छैन । बहुचर्चित सुन प्रकरणको वास्तविकता पत्ता लगाउन सरकारले बनाएको ‘सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग– २०८०’ ले व्यहोरेको हैरानी त्यस्तो छ । गृहमन्त्री र प्रधानमन्त्रीले राम्रोसँग काम गर्नोस् भने तर तीभन्दा निकै माथिकाले लौ है, यी मान्छेको बारेमा हेरिदिनोस् भनेर घुमाउरो पारामा दबाब दिए । यसरी प्रस्तुत हुने ती भिभिआइपी को होलान् ! आयोगका कसैले पनि खोल्न चाहेनन् ।…