तेन्जिनको जन्मदर्ता शनिबार,छाप श्री ५ को सरकार
हतियार प्रदर्शनको भिडियो सार्वजनिक भएपछि हिरासतमा पुगेका टिबेटन ओरिजन अफ ब्लड (टिओबी) का नेता तेन्जिन लामाको जन्मदर्ता र नागरिकता प्रमाणपत्रमा कैफियत भेटिएपछि काठमाण्डौ प्रहरी परिसरले छानविन शुरु गरेको छ । उनले सार्वजनिक गरेको जन्मदर्ता प्रमाणपत्रमा २०६३ साल फागुन १० गते वडा कार्यालयबाट दर्ता भएको देखिन्छ । तर सो मिति शनिबार परेको कारण सरकारी कार्यालयहरू बन्द रहने दिनमा दर्ता कसरी भयो भन्ने गम्भीर प्रश्न उठ्ने नै भयो ।
शनिबारको दिन काठमाडौँ महानगरपालिकाले कसरी जन्मदर्ता गर्यो ? एउटै प्रमाणपत्रमा ‘नेपाल सरकार’ र ‘श्री ५ को सरकार’ भनेर दुईवटा सरकारी छाप कसरी लाग्यो ?
उनको जन्मदर्ताबारे सामाजिक सञ्जालमा अहिले प्रश्नहरु उठाइएका छन् । शनिबारको दिन काठमाडौँ महानगरपालिकाले कसरी जन्मदर्ता गर्यो ? एउटै प्रमाणपत्रमा ‘नेपाल सरकार’ र ‘श्री ५ को सरकार’ भनेर दुईवटा सरकारी छाप कसरी लाग्यो ?
काठमाडौँको बिजुलीबजारस्थित धोबीखोला पुलमा उनले पेस्तोल बोकेको भिडियो सार्वजनिक भएपछि पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । कतिपयले उक्त भिडियो केही समयअघिको म्युजिक सुटिङका क्रममा खिचिएको दाबी गरेका छन् । तर, धेरैले यो दृश्यलाई हालैको जेन–जी प्रदर्शन र विध्वंशका घटनाक्रमसँग जोडेर हेरेका छन् ।
टिप्पणीहरू