आगामी वर्षको बजेट बनाउन सुझाव मागियो
राजस्व परामर्श समितिले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटमा कर प्रशासन सुधारका लागि सुझाव मागेको छ ।
अर्थ मन्त्रालयद्वारा आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि गठित समितिले सुझाव आह्वान गरेको छ । समितिले भन्सार महसुल, मूल्य अभिवृद्धि कर, आयकर, अन्तःशुल्क, गैरकर एवम् चुहावट नियन्त्रणलगायत समग्र राजस्व प्रशासन सुधार सम्बन्धमा आगामी चैत २० गतेसम्म सुझाव दिन सकिने बताएको छ ।
‘आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक ऐन, तर्जुमा गर्दा अवलम्बन गर्नुपर्ने राजस्…