स्रोत नखुलेको नगदबारे अनुसन्धान जारी
अर्थ मन्त्रालयले स्रोत नखुलेको नगद भेटिएका स्थानमा अनुसन्धान भइरहेको जानकारी गराएको छ । जेन जी विध्वंशको क्रममा राजनीतिक दलका नेताका घरमा आगजनी हुँदा नगदसमेत जलेको वा जलेको अवस्थामा भेटिएको सूचनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै मन्त्रालयले त्यसबारे अनुसन्धान जारी रहेको बताएको हो ।
आज विज्ञप्ति जारी गर्दै मन्त्रालयले सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको जानकारी दिएको छ । ‘विभिन्न व्यक्तिले स्रोत नखुलेको रकम आफ्नो निवास…