ठगीबारे रविको जवाफ : एमडीले चेक नकाटे के घाँस काट्ने ?
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित सो कम्पनीका चार जनामाथि कारबाही सिफारिस गरेको छ ।
पोखराको सूर्यदर्शनसहित पाँच वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा ल्याएर अपचलन भएको निष्कर्ष निकाल्दै समितिले रविसहित अध्यक्ष जिबि राई, सञ्चालक सदस्य छविलाल जोशी र कुमार रम्तेललाई कारबाहीको सिफारिस गरेको हो । कुनै पनि कम्पनीका सेयर सदस्य, सञ्चालक सदस्य र प्रब…