अर्थ

चुलिँदै सरकारी ऋण

मुलुकमा सार्वजनिक ऋण लगातार बढ्दै गएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका तथ्यांकअनुसार हाल कुल ऋण २७ खर्ब नजिक पुगेको छ । श्रावण महिनामा मात्रै १४ अर्ब २ करोड रुपैयाँ ऋण थपिँदा श्रावण मसान्तसम्म सार्वजनिक ऋण दायित्व २६ खर्ब ८३ अर्ब ६० करोड पुगेको हो । असार मसान्तमा यो २६ खर्ब ६९ अर्ब ५७ करोड थियो । अहिलेको ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४३.९४ प्रतिशत बराबर छ । कुल ऋणमध्ये ५२.२६ प्रतिशत वैदेशिक र ४७.७४ प्रतिशत आन्तरिक ऋण रहेको कार्यालयले जनाएको छ । चालु आर्थिक…

Page 5 of 91