स्वास्थ्य

क्यान्सर अस्पताललाई चिनियाँ बिजुली गाडी

नेपालस्थित चिनियाँ दूतावासले चितवनको बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताललाई विद्युतीय सवारी साधन प्रदान गरेको छ । चीनमा निर्मित ‘फोटोन’ ब्राण्डको विद्युतीय सवारीसाधनले स्थानीय स्वास्थ्य सेवाको अवस्था सुधारमा सहयोग पुर्याउने ध्येय राखिएको बताइन्छ । उक्त सहयोग दूतावासद्वारा नेपालमा सञ्चालन हुँदै आएको ‘सुखी समुदाय’ परियोजनाअन्तर्गत गरिएको हो । यो परियोजनाअन्तर्गत नेपालमा कार्यान्वयन गरिएको यो सहयोग चौथो कार्यक्रम हो ।

Page 1 of 35