टिचिङमा ‘चेस्टगुरु’ द्वारा परीक्षण

टिचिङमा ‘चेस्टगुरु’ द्वारा परीक्षण

काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले कृत्रिम बुद्धिमत्ता उपकरण ‘चेस्टगुरु’ को परीक्षण शुरु गरेको छ । अस्पतालले आफ्नो आपतकालीन छाती एक्सरे प्रणालीमा त्यसको परीक्षण शुरु गरेको हो । 

चेस्टगुरुले क्षयरोग, निमोनिया, फोक्सोको क्यान्सर, श्वासप्रश्वाससहित विभिन्न १४ वटासम्म रोग एकैचोटि पत्ता लगाउन सक्ने जनाइएको छ । साथै, परीक्षणको केही समयमै यसले डिजिटल रिपोर्ट पनि उपलब्ध गराउँछ । 

अस्पतालका अनुसार यो प्रणालीले तत्काल परिणाम प्रदान गर्दछ, यसकारण विशेषगरी वरिष्ठ चिकित्सक उपलब्ध नभएको अवस्थामा समेत जुनियर कर्मचारीहरुलाई सही निदान गर्न मद्दत पुर्याउँछ । 

यसले जरुरी केसहरुलाई तत्काल प्राथमिकता दिई काम गर्ने भएकाले आपतकालिन समयमा यो प्रणाली निकै उपयोग हुने बताइएको छ । साथै, प्रणालीअन्तर्गत चिकित्सकहरुले सिधैं आफ्नो ल्यापटप वा कम्प्युटरमा तस्बिर हेर्न मिल्ने भएकाले एक्सरे फाइल बोकेर हिँड्नुपर्दैन । 

नेपाली इन्जिनियरिङ्ग र मेडिकल विद्यार्थीहरुद्धारा विकसित यो प्रणालीमा नेपाली भाषालाई प्राथमिकता दिइएको छ, यसले देशभरका स्वास्थ्यकर्मीलाई प्रयोग गर्न सजिलो हुने विश्वास छ ।

टिप्पणीहरू