पदाधिकारीका आकांक्षीको गुण्डुमा लर्को, पोखरेल र भट्टबीच संवाद
नेकपा (एमाले)को एघारौँ महाधिवेशनमा पदाधिकारीका आकांक्षीहरूको व्यस्तता बढेको छ । अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट पदाधिकारीमा दावी गरिरहेका केही नेता गुण्डु पुगेका छन् ।
बिहानै गुण्डु पुगेकामध्ये केहीले अहिलेसम्म भेट्न पालो नपाएकाे बताइएकाे छ । पदाधिकारीमा दावी गरिरहेका नेताहरू दलबलसहित अध्यक्ष निवासको भित्र र बाहिर गरिरहेको त्यहाँ रहेका एक नेताले जानकारी दिए ।
उनका अनुसार पोलिटब्युरो सदस्य, स्थायी समिति सदस्य र केन्द्रीय सदस्यका आकांक्षीहरू पनि आइरहेका छन् । ‘पदाधिकारीका आकांक्षीहरू बढी देखिनुभएको छ’, गुण्डुबाटै उनले भने, ‘केन्द्रीय सदस्यमा आफ्नो दावेदारी सुनाउन पनि केही आउनुभएको छ, तर भेट्न पालो पाउनु भएको छैन ।’
अध्यक्ष ओलीले विधान संशोधन गरेर पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थपे पनि आंकाक्षी बढी हुँदा व्यवस्थापनमा सकस परेको बताइएकाे छ । यसबीच सचिव लेखराज भट्टले उपाध्यक्ष वा उपमहासचिवमा दावी गरेपछि अर्को समस्या थपिएको छ ।
ओलीले तयार पारेको सूचीमा भट्टको नाम सचिवमा रहेपछि उनले आफू उक्त पदमा नदोहोरिने अडान लिएको बुझिएको छ । स्रोतका अनुसार माओवादी पृष्ठभूमिका भट्ट अहिले ईश्वर पोखरेल समूहसँग पनि संवादमा छन् ।
टिप्पणीहरू