बालिकालाई ठक्कर दिएर भाग्ने मन्त्री ओलीको उम्मेदवार

बालिकालाई ठक्कर दिएर भाग्ने मन्त्री ओलीको उम्मेदवार

बालिकालाई ठक्कर दिएर फरार कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरलाई नेकपा (एमाले) को जारी महाधिवेशनमा कोशी प्रदेशबाट उम्मेदवार बनाइएको छ । अध्यक्ष केपी शर्मा ओलीले उनलाई आफ्नो प्यानलबाट उठाएका हुन् । 

गत शनिबारबाट जारी एमालेको एघारौं महाधिवेशनअन्तर्गत आज उम्मेदवारी दर्ता गरिएको छ । त्यसै क्रममा ओलीले कोशीबाट उनलाई माथिल्लै नम्बरमा नाम चढाएका छन् । मगर तिनै मन्त्री हुन्,जसको गाडीले नेकपा एमालेको विधान महाधिवेशनस्थल गोदावरी जाने क्रममा ललितपुरको हरिसिद्धिस्थित घुम्तीमा ११ वर्षीया बालिकालाई ठक्कर दिएको थियो । 

बालिकालाई ठक्कर दिएर रोक्दै नरोकी भागेपछि उनको चर्को आलोचना भएकोमा पार्टी अध्यक्ष ओली बचाऊमा उत्रिएका थिए । त्यसपछि मगरसँगै ओलीले पनि गाली खानुपरेको थियो । अहिले तिनै व्यक्तिलाई उम्मेदवार बनाएपछि ओलीको प्राथमिकताको विषयलाई लिएर प्रश्न उठेको छ । ओलीको यस्तै विवादित रोजाइका कारण पार्टी बद्नाम बन्दैछ भन्न विपक्षीहरुलाई मसला मिलेको छ ।

टिप्पणीहरू