प्रदेश-२

मधेसका सभामुख महामूर्ख घोषित्

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले महामूर्खको उपाधी पाएका छन् ।  जनकपुरधामको मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष आयोजना गर्दै आएको महामूर्ख सम्मेलनमा यो वर्ष मण्डललाई सो पदवी मिलेको हो । उपाधिसँगै उनलाई प्रशस्ती पत्र, तरुलको माला तथा टोपीले सुशोभित गरी सम्मान गरिएको छ ।  त्यस्तै, मधेस प्रदेश अर्थ मन्त्रालयका सचिव सुभाषचन्द्र शिवाकोटीले पटमूर्खको उपाधि पाएका छन् भने मैथिली साहित्यकार सभाका सभापाल प्रेम विदेह ललनलाई मूर्ख महामण्डलेश्वर र गोगलप्रसाद उच्च माविका …