मधेशमा बिहान दुई मन्त्रीको राजीनामा, अपरान्ह नियुक्ति

मधेशमा बिहान दुई मन्त्रीको राजीनामा, अपरान्ह नियुक्ति

मधेश प्रदेश सरकारमा आज दुई जना मन्त्री थपिएका छन् । गृह तथा सञ्चारमन्त्रीमा नेपाली काँग्रेसका मोहम्मद समिम र श्रम तथा यातायात मन्त्रीमा जनमत पार्टीका चन्दन सिंह नियुक्त भएका हुन् । 

उनीहरुले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् । मधेशमा पछिल्लो सात महिनामा यो पाँचौ पटक मन्त्रिपरिषद् पुनर्गठन हो ।

आज बिहान विना विभागीयमन्त्री वसन्तकुमार कुशवाह र राज्यमन्त्री सञ्जयकुमार यादवले राजीनामा दिएका थिए । उनीहरु दुवैजना जनमत पार्टीका हुन् ।

टिप्पणीहरू