वामपन्थीलाई कति आउँछ है गाली !
कसैकसैले भन्ने गर्छन्– आची पुछेर फालेको काठको टुक्रा पनि जाडो लाग्दा बालेर ताप्न काम लाग्छ । हाम्रा बा भन्ने गर्नुहुन्थ्यो– सानो ढुंगा पनि ऐन–मौकामा असाध्यै काम लाग्छ । राति जब भुस्याहा कुकुरले भुक्दै घेर्छन् त्यो बेला ज्यान जोगाउने भनेको त्यही बाटोमा रहेको ढुंगाले हो । हुन त राजनीतिमा स्थायी मित्र नहुने भाष्य उहिल्यै निर्माण गरिएको थियो, जुन अध्यापि कायमै छ । तैपनि, राजनीतिक नैतिकतालाई ध्यानमा राख्दा यो भाष्य गलत हो र गलत नै रहनेछ । कतिपयले सहमतिअनुसारको स…