जोगीहरूको जगजगी र पशुपतिको कोटिहोमका कथा
सोमबारका निम्ति आइतवारदेखि नै ठेलमठेल हुने पशुपतिनाथ क्षेत्र यो वर्ष कोटिहोमको भीडभाड, व्यंग्यबाण, हुलमुल र हानाहान तथा भागमभागको भीडभाडपूर्ण तनावले साउन महिना पूरै तनावग्रस्त हुनपुग्यो । पहरोको छेउमा चिच्याएर कराएपछि पुन स्वरको गुञ्जन फर्किएजस्तै कोटिहोम सकिए पनि यसको लहरोले तानेको पहरोले धेरैलाई लपेट्न थालेको छ । भुसको आगोझैँ भित्रभित्रै सल्किरहेको होम–कोटिहोम, यज्ञ–महायज्ञ, एकाह सप्ताह, नवाह, रुद्री, र पुराणको आगोले धेरैलाई खरानी बनाउने मात्र होइन, सरकार…