लेख रचना

गोर्खालीमाथि युरोपमा धक्का

टिमोथी ओलिभर हिभर युरोपेली मानवअधिकार अदालतले बेलायती सेनाबाट सेवानिवृत्त गोर्खा सैनिकलाई पेन्सनको मामिलामा कुनै भेदभाव नभएको फैसला सुनाएको छ । १५ सेप्टेम्बरमा ७ जना न्यायाधीशको बेन्चले सर्वसम्मत फैसला गरेको हो । ब्रिटिस गोर्खा कल्याणकारी समाजका अध्यक्ष टिकेन्द्र देवान र अर्का भूपू गोर्खा सैनिक सुवर्ण अधिकारीद्वारा दायर मुद्दामा मेसेडोनियाका न्यायाधीश मिर्जना लाजारोमा गाज्कोभ्स्का, अल्बानियाका लेदी बियान्कु, ग्रिसका लिनोस अलेक्जेण्डर, सिलियानोस, बेलायतका पाउल माहोनी, चेक गणत…