प्रदेश

आइजीपी थापा मधेश भ्रमणमा

२ नम्बर प्रदेशका ८ वटै जिल्लाको निरीक्षण भ्रमणमा निस्किनुभएका नेपाल प्रहरीका आइजीपी शैलेश थापाले सामूहिक कार्य र बन्धुत्व भावका साथ जिम्मेवारी निर्वाह गर्न जिल्लास्थित प्रहरी अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । प्रदेश २ को सुरक्षा अवस्थाबारे बुझ्न मधेश झर्नुभएका आइजीपी थापाले जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुसंग भेटघाट र छलफलमा यस्तो निर्देशन दिनुभएको हो । भेटघाटका क्रममा उहाँले असल नियत राखि सुम्पिएको जिम्मेवारी पूरा गर्न प्रहरी अफिसरहरुलाई कडा निर्देशन दिनुभएको हो । आइजीपी था…