गण्डकी

गण्डकीमा गरिबलाई रगत नि:शुल्क

गण्डकी प्रदेश सरकारले निःशुल्क रगतको व्यवस्था गरेको छ । आर्थिक अवस्था कमजोर भएकोलाई तत्काल रगतको व्यवस्थापन गर्न प्रदेश सरकारले निःशुल्क रगत कार्यविधि ल्याएको हो । बिरामी वा दूर्घटनामा परेकाको उपचारमा रगतको कमी नहोस् भन्ने उदेश्यले उक्त कार्यविधि तयार पारेको गण्डकी प्रदेशका शाखा अधिकृत विकास थापा मगरले बताए । यो व्यवस्था सरकारी र निजी अस्पताल दुवैमा लागू हुने उनको भनाइ छ । यसअघि बिरामीका आफन्तले रगत किनेकोबापत सरकारीलाई सात सय र निजीलाई एक हजार रुपैंयासम्म तिर्दै आएका थिए ।…