आजदेखि गण्डकीमा नेकपा समाजवादीको प्रदेश कार्यालय, अध्यक्ष नेपाल हिजै पोखरामा

आजदेखि गण्डकीमा नेकपा समाजवादीको प्रदेश कार्यालय, अध्यक्ष नेपाल हिजै पोखरामा

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले आज पोखरामा गण्डकी प्रदेश कार्यालय र कास्की जिल्ला कार्यालयको औपचारिक उद्घाटन गर्ने भएको छ ।

दुबै कार्यालयको पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने कार्यक्रम छ । उक्त कार्यक्रमको लागि अध्यक्ष नेपाल हिजै साँझ पोखरा पुग्नुभएको छ । उहाँ लेकसाइडस्थित होटल बाराहीमा बस्नुभएको छ ।

आज नै उहाँले कार्यकर्ता भेटघाट गर्नुहुने कार्यक्रमसमेत रहेको बताइएको छ ।

टिप्पणीहरू