गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदाको घोषणा गरिएको बताइएको छ । 

गत चैत ८ गतेको प्रदेश मन्त्रिपरिषद्को निर्णयानुसार बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । भोलि प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थान बन्द रहने जारी सूचनामा उल्लेख छ । 

भनिएको छ, ‘प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदासम्बन्धी सूचनाबमोजिम मिति २०८० साल फागुन ०४ गते शुक्रबारका दिन गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

टिप्पणीहरू