अमेरिकी दूतावास अगाडि चर्का नाराबाजी

अमेरिकी दूतावास अगाडि चर्का नाराबाजी

भेनेजुएलामा भएको अमेरिकी सैन्य कारवाहीविरुद्ध काठमाडौँमा प्रदर्शन भएको छ । विभिन्न विद्यार्थी संगठनका युवाहरुले आज अमेरिकी दूतावास अगाडि प्रदर्शन गरेका हुन् । 

अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस माेदुरोलाई नियन्त्रणमा लिएपछि विश्वभरका युवा संगठनले भत्र्सना गरिरहेको बेला नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायतका विद्यार्थी संगठन पनि प्रदर्शनमा उत्रिएका हुन् । आज अमेरिकी दूतावास अगाडि प्रदर्शन गरेका युवाहरुले ‘ह्याण्ड्स अफ अमेरिका’, ‘तेलको लागि रगत बगाउँन पाइँदैन’, ‘भेनेजुएलाको आत्मनिर्णयको सम्मान गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । 

अहिले दूतावास परिसरकाे सुरक्षा व्यवस्था कडा पारिएकाे बताइन्छ । राष्ट्रपति माेदुराे दम्पतीलाई तत्काल रिहा गनुपर्ने युवाहरूकाे माग छ ।

टिप्पणीहरू