गोविन्दराज जोशीले आँखा चिम्लिँदा बालेन
बालेन्द्र साह एक चम्किलो भ्रम हो । भीड सधैँ चमकदार नयाँ परिदृश्यमा आकृष्ट हुन्छ । तीन वर्षअघि नेपालको स्थानीय चुनाव हुनुपहिले कसले चिनेको थियो बालेन्द्र साहलाई ? र्याप संगीतका पारखी शहरिया युवा जमातबाहेक आम जनतालाई उनको अस्तित्वको आभाषसमेत थिएन । कस्ता गीत गाउँथे उनी ? ‘तिम्रो छाती आइमाईको जस्तो गिलोे गिलोे !’ २०७९ सालको स्थानीय चुनावमा राजधानी महानगरपालिकाको मेयर पदमा उठेपछि एउटा पुरानो गीतमा आधुनिक संगीत दिएर बालेन साहले नयाँ छवि प्रस्तुत गरे । ग…